+
+

साहित्यकारले हेरे छुवाछूत र विभेदविरुद्धको सन्देशमूलक फिल्म ‘नीरमाया’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १२:५८

काठमाडौं । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा फिल्म ‘नीरमाया’को विशेष प्रदर्शन गरेको छ । साहित्यकारका लागि प्रदर्शन गरिएको फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछूतका विषय समेटिएको छ । समतामूलक र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनीचको फरक हटाउनुपर्नेजस्ता विषयलाई फिल्ममा देखाइएको छ ।

फिल्म हेरेपछि कुरा गर्दै वरिष्ठ साहित्यकार तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, दामोदर पुडासैनी, मधु पाठकलगायतले फिल्मबारे प्रतिक्रिया दिए । अनन्त तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ । रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन छ ।

रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको संगीत छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको फिल्मको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?