+
+

यसरी बचाउनुहोस् स्मार्टफोनको ब्याट्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ७:२४

स्मार्टफोन अहिले हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ र हामी दैनिक घण्टौंसम्म स्मार्टफोन चलाउँछौं ।

फोन कल गर्न, इन्टरनेट तथा सोसल मिडिया चलाउने, फोटो भिडियो खिच्ने, डिजिटल वालेट तथा अन्य विभिन्न स्मार्ट काम गर्नका लागि समेत स्मार्टफोनको प्रयोग अत्यधिक हुन्छ । यसो हुनाले स्मार्टफोनको ब्याट्रीको खपत अति उच्च हुन्छ ।

स्मार्टफोनमा एकपटक चार्ज गरिसकेपछि लामो समयसम्म ब्याट्री टिकोस् र छिटो छिटो चार्ज गर्नु नपरोस् भन्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीं स्मार्टफोनको ब्याट्री छिटै रित्तिन थाल्छ । कहिलेकाहीं महत्वपूर्ण काम गरिरहेको बेला स्मार्टफोनको ब्याट्री सकिएर बन्द हुँदा हामीले समस्या भोग्ने गर्दछौं । यस्तोमा यदि तपाईंले केही स्मार्ट तरिकाहरू अपनाउनुभयो भने स्मार्टफोनको ब्याट्री लामो समयसम्म चलाउन सकिन्छ । यसका लागि केही नियमहरू अबलम्बन गर्नु पर्दछ ।

भाइब्रेसन मोडका कारण छिटै सकिन्छ ब्याट्री

कहिलेकाहीं गलत समयमा स्मार्टफोनमा फोनकल आएर चर्को आवाज बज्दा राम्रो लाग्दैन । महत्वपूर्ण मिटिङलगायतका बेला स्मार्टफोनको घण्टी बजेर डिस्टर्ब नहोस् भनेर हामीले स्मार्टफोनलाई भाइब्रेसन मोडमा राख्दछौं । यसरी स्मार्टफोनलाई भाइब्रेसन मोडमा राख्नु केहीबेरका लागि त ठीक हो तर फोनमा सधैं भाइब्रेसन मोड सक्रिय हुँदा त्यसले ब्याट्री खपत बढाउँछ । त्यसैले भाइब्रेसन मोडको प्रयोग कम भन्दा कम गर्नुहोस् ।

धेरै ब्याट्री खाने एपमा निगरानी

कहिलेकाहीं हाम्रो फोनमा यस्ता एप्स हुन्छन् जसले धेरै ब्याट्री खपत गर्दछन् । हामीले नचलाउँदा पनि एपहरू ब्याकग्राउण्डमा चलिरहेका हुन्छन् र ब्याट्रीको खपत् गरिरहेका हुन्छन् । त्यसैले कुनै पनि एपलाई ब्याकग्राउण्डमा चल्नबाट रोक्नुहोस् ।

पावर सेभिङ मोडको प्रयोग

तपाईं कतै बाहिर हुनुहुन्छ र फोनको ब्याट्री लामो समयसम्म चलाउनु अत्यन्तै आवश्यक छ भने यस्तोमा तपाईंले फोनमा पावर सेभिङ मोड सक्रिय बनाउनु पर्दछ । यसो गर्नाले फोनमा धेरै खालका क्रियाकलापहरू व्यवस्थित हुन्छन् । स्मार्टफोनको स्क्रिन अफ हुने समय पनि ब्याट्री खपत घटाउने गरी सेट हुन्छ ।

नाइट मोडको प्रयोग : स्मार्टफोनमा डे र नाइट गरी स्क्रिनको चम्किलोपना व्यवस्थित गर्ने दुईवटा विकल्प हुन्छन् । डे मोडमा धेरै चम्किलोपना हुन्छ र ब्याट्रीको खपत पनि बढि हुन्छ । त्यसैले डे मोडको साटो नाइट मोडको प्रयोग गर्नुहोस् । यसो गर्दा फोनमा एपहरू चलाउन पनि कुनै समस्या पर्दैन र ब्याट्री पनि धेरै समयसम्म टिक्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?