+
+

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ११:२१

२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् ।

उनले स्कुलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनलाई स्कुलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका अगुवा, सामुदायिक समूहहरू र व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनी भोलि नेपालबाट फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?