+
+

कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउँछौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १७:०६

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दलले उठाएको उम्मेदवारले राष्ट्रपतिमा जित्ने दाबी गरेका छन् ।

राष्ट्रपति पदमा अन्य दलसँग छलफल गरी उम्मेदवार बनाउने उनले बताए । नेपाल प्रेस युनियनको बागमती प्रदेशको पहिलो अधिवेशनमा बोल्ने क्रममा नेता शेखरले उक्त दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनको कुरालाई लिएर सत्तामा भएका केही दलले भाँजो हाल्न खोजेको भनिरहनुभएको छ,’ नेता शेखरले भने,‘हामी सबैभन्दा ठूलो दल हौं । प्रतिपक्षमा छौं । सरकारमा जाँदैनौ, प्रतिपक्षको भूमिका खेल्छौं ।’प्रतिपक्ष दल ‘गर्भमेन्ट इन वेटिङ’ भएको सत्तामा हुने दलहरुले बुझ्नुपर्ने कोइरालाले बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २५ का लागि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?