+
+

जनयुद्ध दिवस मनाउन कर्णालीमा फागुन १ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते ८:२२

२५ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।

बैठकले चालु आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्कोयोल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?