+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १३:०१

२५ माघ, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भनाे चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

सोमबार र मंगलबार सुनको मूल्य स्थिर थियो । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ६ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार एक सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?