+
+

२९ वर्ष कान्छी किशोरीसँगको ‘रोमान्स’ले लियोनार्दो डिकाप्रियो विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १५:५८

काठमाडौं । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्डो डिकाप्रियो १९ वर्षीया मोडल इडेन पोलानीसँगको सम्बन्धका कारण फेरि चर्चामा छन् । यी दुईबीच डेटिङ भइरहेको अनुमान भइरहँदा गत साता उनीहरु लस एन्जलसमा इबोनी रिलेको संगीत रिलिज पार्टीमा रमाइलो गरिरहेको बेला भेटिए ।

१९ वर्षकी किशोरीसँग डेटिङ गरेपछि अभिनेता डिकाप्रियो यतिबेला ट्वीटरमा मजाकको निशाना बनिरहेका छन् । कतिपय मानिसले उनको व्यवहारलाई ‘सिकारी’ भएको भन्दै कटाक्ष गरेका छन् । रोमान्सको चर्चाबीच पोलानी इन्स्टाग्रामबाट गायब भएको चर्चा छ ।

एक प्रयोगकर्ताले ५० वर्ष नजिक पुगेका लियोले किशोरीलाई डेट गर्दैछ भने यो अब मजाक होइन भन्दै ट्वीट गरेका छन् । जबकि अर्को प्रयोगकर्ताले डिक्याप्रियोको पहिलो फिल्म सन् १९९७ मा रिलिज हुँदा डिकाप्रियाको नयाँ रोमान्टिक पार्टनर पनि नजन्मिएको भन्दै व्यंग्य गरेका छन् । यस सम्बन्धमा संलग्न पक्षबाट कुनै आधिकारिक टिप्पणी वा बयान आएको छैन ।

टाइटानिक स्टारको डेटिङ इतिहास सधैं चर्चाको विषय बनेको छ किनभने उनले अहिलेसम्म २५ वर्षभन्दा माथिका युवतीलाई डेटिङ गरेको कुरालाई लिएर उनले सार्वजनिक रुपमा केही खुलाएका छैनन् । इडेन पोलानीभन्दा पहिले उनले २३ वर्षीया अभिनेत्री भिक्टोरिया लामाससँग डेट गरिरहेको हल्ला थियो । फेसन सप्ताहमा सँगै भेटिएपछि मोडल गिगी हदिदसँगको पनि उनीहरुको रोमान्सको खबर बाहिर आएको थियो ।

लियोनार्दो अब मार्टिन स्कोरसेसको फिल्म ‘किलर अफ द फ्लावर मुन’मा देखिनेछन्, जुन डेभिड ग्रानको सबैभन्दा धेरै बिक्री हुने पुस्तकमा आधारित छ । फिल्ममा जेसी प्लेमोन्स, लिली ग्लाडस्टोन, रोबर्ट डी निरो र ब्रेन्डन फ्रेजर पनि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?