+
+

माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते २१:१५

२५ माघ, काठमाडौं । माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।

बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् ।

माओवादी कोषाध्यक्ष श्रीराम ढकालका अनुसार पछिल्लो स्थायी समिति बैठकमै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको थियो । उनले भने, त्यसअनुसार आज सर्कुलर जारी गरिएको छ ।’

यससँगै माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?