+
+

आज उच्चस्तरीय संयन्त्र बैठक : एजेन्डा राष्ट्रपति उम्मेदवार र सुदूरपश्चिम सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ७:३६

२६ माघ, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । तर, बैठकको समय भने निश्चित हुन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन ।

एमालेले सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् । यसैका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेको छ ।

रास्वपा सरकारबाट बाहिरिएपछि संयन्त्रको बैठक बस्न लागेको यो पहिलोपटक हो । बैठकमा सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकस लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?