+
+

साफ यू–२० महिला च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ८:५०

२६ माघ, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो । साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

खेल्ने शैली परिवर्तन हुनेछ : मुख्य प्रशिक्षक गुरुङ

नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नयाँ रणनीतिमा मैदान उत्रने बताए । ‘निश्चय नै बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । तर हामी राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौँ । हामी अर्कै तरिकाले खेल्नेछौं । शैली परिवर्तन हुनेछ ।’ गुरुङले भने ‘हामीलाई बंगलादेशको कमजोर पक्ष थाहा छ र हामी त्यसैलाई केन्द्रित गरेर खेल्नेछौं ।’

उता घरेलु टोली बंगलादेशका प्रशिक्षक घोलम रब्बानीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनल प्रतिस्पर्धात्मक र उत्साहित हुनेछ,’ रब्बानीले भने, ‘नेपाल राम्रो टिम हो । बलियो टोली भारतलाई हराएको छ । त्यसैले फाइनल प्रतिस्प्रधात्मक हुनेछ ।’

घोलमकै प्रशिक्षणमा बंगलादेशको सिनियर महिला टोलीले गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?