+
+

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:०२

काठमाडौं । भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ । विवरणका अनुसार ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् ।

स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ । प्रभास केही दिनदेखि उच्च ज्वरोबाट ग्रसित थिए । उनी उपचार गर्न अस्पताल पनि पुगे । डाक्टरले उनलाई आराम गर्न र उचित औषधि सेवन गर्न सल्लाह दिएका छन् । चिकित्सकको सल्लाहपछि प्रभासले केही दिन बिदा र आराम गर्ने निर्णय गरेका छन् । तर निको भइसकेपछि छिट्टै काममा फर्किने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रभासले चाँडै अभिनेत्री कृति सेननसँग इन्गेजमेन्ट गर्ने खबर माल्दिभ्समा आगोझैं फैलिएको छ । इन्गेजमेन्टको हल्ला त्यतिबेला सुरु भयो, जब एक फिल्म समीक्षकले प्रभास र कृति सेनन चाँडै माल्दिभ्समा इन्गेजमेन्ट गर्न भनेर ट्वीट गरे । यो ट्वीटले इन्टरनेटमा आँधी ल्यायो । तर प्रभासले कृतिलाई साथी मात्र भएको बताउँदै आइरहेका छन् ।

प्रभास निकट स्रोतले यी हल्लाको खण्डन गर्दै काल्पनिक मात्र भएको दाबी गरेको छ । ‘प्रभास र कृति दुवै सहकलाकार हुन् र जसले जे पनि सुझाव दिन्छ, विश्वास गर्न सकिंदैन,’ स्रोतले भन्यो ।

कामको कुरा गर्दा प्रभाससँग पहिले नै प्रशान्त नीलको ‘सालार’ पाइपलाइनमा छ, जहाँ उनको अपोजिटमा श्रुति हासन छिन् । यो फिल्म यसै वर्षभित्र रिलिज हुँदैछ । उनीसँग अमिताभ बच्चन, दीपिका पादुकोण र दिशा पटानीको साथमा नाग अश्विनको फिल्म पनि पाइपलाइनमा छ । ओम राउतको सैफअली खान र कृति सेननसँगको ‘आदिपुरुष’ पनि छ, जसको छायांकन सकिएको छ । यो फिल्म आगामी जुनमा रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?