+
+

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १२:१६

२७ माघ, काठमाडौं । शुकबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३ हजार ६ सय, तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २९० रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य एक लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?