+
+
Shares

नियमावली मस्यौदा समितिको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १८:४४

२७ माघ, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप भएको छ ।

समितिका सचिव एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरे मस्यौदा समितिको म्याद ७ दिन थपेका हुन् ।

माघ १० गते गठित २१ सदस्यीय समितिलाई १५ दिनको समय दिइएको थियो । यसबीचमा मस्यौदा समितिले नियमावलीको मस्यौदामा एकसरो छलफल सकाएको छ ।

तयार मस्यौदाउपर फेरि केही चरण छलफल गरेर अन्तिम रुप दिइने समिति सचिवालयले जनाएको छ ।

मस्यौदा समितिमा सांसदहरु सुवास नेम्वाङ, अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सीता गुरुङ, शक्ति बस्नेत, सर्वेन्द्र शुक्ला, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?