+
+

लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ माघ २८ गते १४:११

२८ माघ, दाङ । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।

माओवादी स्रोतका अनुसार उनलाई राजीनामा गर्न लगाइएको हो । २५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमालेका कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि माओवादीले छानबिन गरेको थियो ।

छानबिनका क्रममा उनले कांग्रेसलाई मत दिएको खुलेको र पार्टीले राजीनामा गर्न लगाएको माओवादीका एक नेताले जानकारी दिए ।

केसी निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको उनीनिकट स्रोतको दावी छ ।

भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिए । मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?