+
+

नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ : रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १४:३६

२९ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएकी छन् ।

अभिवादन एक्सपिडिसन होलिडेजले आयोजना गरेको साउथ एसिया बिजनेस पार्टनरसिप नेपाल बंगलादेश फ्रेण्डसिप सोसाइटीको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले समुदाय समुदायबीच साझेदारी गर्दै अगाडि बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

दुई देशबीचको व्यापार साझेदारीका लागि नेपालका कतिपय कानुन संशोधन र कतिपय नयाँ बनाउनुपर्ने उनले बताइन् ।

साउथ एसिया बिजनेस पार्टनरसिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउँदा दुई देशको आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?