+
+

जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः नेता कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ७:०१

२९ माघ, नवलपुर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।’

नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए ।

श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?