+
+

एमबाप्पे र मेसीविना पीएसजी पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १०:११

२९ माघ, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकझसँग पराजित भएको छ ।

स्टार खेलाडी किलियन एमबाप्पे र लिओनल मेसीबिना मैदान उत्रेको पीएसजी मोनाकोसँग ३-१ ले पराजित भएको हो ।

एमबाप्पे र मेसी चोटका कारण दुवै खेलाडी खेलेका थिएनन् ।

घरेलु मैदानमा मोनाकोका लागि विसम वेन यडरले दुई गोल गरे । उनले १८औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

त्यसअघि अलेक्जान्डर गोलोभिनले चौथो मिनेटमा गोल गरेका थिए ।

पीएसजीका लागि वारेन जइरे एमेरीले ३९औं मिनेटमा एक गोल गरेका थिए ।

पराजित पीएसजी २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । पीएसजीलाई हराएको मोनाको २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । ४९ अंकसहित मार्से दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?