+
+

हिमालयन डिस्टिलरीको नाफा ३६ प्रतिशतले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १२:४२

२९ माघ, काठमाडौं । हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानीमा गिरावट हुँदा खुद नाफा पनि घटेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा गोल्डेन ओकको उत्पादन गर्ने हिमालयन डिस्टिलरीको नाफा ३६.४१ प्रतिशतले घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २९ करोड ४२ लाख रुपैयाँमा नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ४६ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । आर्थिक गतिविधिमा सुस्ततासँगै कम्पनीको बिक्री आम्दानी घटेर नाफा प्रभावित भएको हो।

कम्पनीको सञ्चालन (बिक्री) आम्दानीमा गिरावट भएसँगै नाफा पनि प्रभवित भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ३७ करोड ५५ लाख ६३ हजार बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा बिक्री आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ८१ लाख १० हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको बिक्री आम्दानीमा घटेसँगै कम्पनीले अन्तशुल्कको खर्च घटेको छ । कम्पनीको अन्तशुल्कको खर्च १ अर्ब ३६ करोडबाट घटेर १ अर्ब १५ करोड ५२ लाखमा झरेको छ । बिक्री घटेसँगै भ्याट का साथै उत्पादन बिक्री लागत पनि घटेको छ ।

कर्मचारीको खर्च १४ करोडबाट ११ करोडमा झरेको छ भने प्रशासनिक तथा अन्य खर्च सामान्य वृद्धि हुँदा बिक्री तथा डिरल खर्च भने बढेको छ । यस्तै वित्तीय खर्च पनि वृद्धि भएको छ । आम्दानीमा भएको संकुचनसँगै कम्पनीको नाफा पनि प्रभावित भएको हो ।

कम्पनीले बोनस सेयर मार्फत गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५२ करोड रहेको चुक्ता पूँजी २ अर्ब ४३ करोड पुर्‍याएको छ । सञ्चित तथा जगेडा कोष ७३ करोड १९ लाखबाट ५५ करोड ७५ लाखमा झरको छ । चुक्ता पूँजी बढेको र नाफामा संकुचन हुँदा कम्पनीको प्रति सेयर आम्दानी घटेर २४ रुपैयाँ २२ पैसामा झरेको छ । कम्पनीको तरलता अनुपात ३.८४ प्रतिशत र मूल्य आम्दानी अनुपात ११२.४१ गुणा छ। प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?