+
+

नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड

ग्राहक सेवाको आम्दानी भने घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १२:४९

२९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानीसँगै नाफा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार नाफा कमाएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म ग्राहकबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । तर, कम्पनीको अन्य आम्दानी २ अर्ब ७८ करोड २० लाखबाट बढेर ४ अर्ब २ करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले कम्पनीको कुल आम्दानी २१ अर्ब ९८ करोड ९२ लाखबाट बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च ३ अर्ब ७२ करोड ३९ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ६३ लाखमा झरेको छ । यस्तै सञ्चालन तथा मर्मत खर्च ६२ रोड भन्दा माथिले घटेको छ । तर, सेवा बिक्री तथा त्यसको प्रबर्द्धन खर्च भने बढेको छ ।

नियामकीय शुल्क तथा नवीकरण खर्च र अन्य खर्च करिब ७ करोडले घटेको छ भने कम्पनीको फाइनान्स लागत पनि घटेको छ । जसले कम्पनीको नाफा बढेको हो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित तथा जगेडा कोषमा ७ अर्ब ७४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको चुक्ता पूँजी ४३ रुपैयाँ ३१ पैसाबाट बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.३७ गुणा र प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?