+
+

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ११:४०

२९ माघ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार, तेजावी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ तोकिएकोको छ । शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख ३ हजार ६०० र तेजावी सुनको मूल्य १ लाख ३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ । शुक्रबार भने चाँदीको प्रतितोला मूल्य १ हजार २९० रुपैयाँ तोकिएो थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?