+
+

टर्की-सिरिया भूकम्पपीडितको सहयोगमा जुट्दै एन्जेलिना जोली

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १६:२३

काठमाडौं । गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या २९ हजार नाघिसकेको छ । उद्धार कार्य जारी रहेको सो क्षेत्रमा भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेका छन् ।

यस्तोमा हलिउड अभिनेत्री एन्जेलिना जोली पनि भूकम्पपीडितको सहयोगमा जुट्ने भएकी छन् । इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सेयर गर्दै उनले पीडितको सहयोगका लागि आफू लाग्ने भन्दै सहयोग गर्न सबैलाई अपील समेत गरेकी छन् ।

एन्जेलिनाले उत्तरी सिरियामा उद्धार कार्यमा जुटेका एक व्यक्तिको भिडियो सेयर गर्दै लेखेकी छन्, ‘मेरो मन टर्की र सिरियाका जनतासँग छ । सहयोग गर्ने सोच बनाएकी छु, आशा छ सबैले सहयोग गर्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?