+
+

ग्लोबल आईएमई बैंकद्वारा ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १९:५४

काठमडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ५ वर्षे अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निस्कासन गरी बिक्री खुला गरेको छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन ।

बैंकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा ३ फागुन र ढिलोमा १४ फागुनसम्म बन्द हुने गरी तोकिएको बैंकले जनाएको छ ।

यस ऋणपत्रको अवधि ५ वर्षको रहेको बैंकले जनाएको छ । वार्षिक ११.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?