+
+

शिवम् सिमेन्टको उपहार योजना : दोस्रो महिनाको लक्की ड्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १४:०७

काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरिएको छ । उद्योगले सोमबार पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक गरेको छ ।

लक्की ड्रमार्फत घोषणा गरिएको विजेतामा उपभोक्ता तर्फ प्रथम पुरस्कार पाउनेमा विकास कोइराला र रामप्रवेश यादव रहेका छन् । दुवै जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले बताएको छ ।

दोस्रो पुरस्कार जित्नेमा दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी रहेका छन् । दोस्रो बनेका उनीहरु सबै जनाले हेलिटुरको अवसर पाउने छन् ।

तेस्रो हुने फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् ।

पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो । सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ ।

शिवम् सिमेन्टले गत १८ मंसिरदेखि “शिवम्सँग उपहार टन्न” नामक उपहार योजना सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?