+
+

टर्कीका भूकम्प पीडित नागरिकलाई चेम्बरको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:५७

१ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टर्कीका भूकम्पबाट पीडित नागरिकलाई राहत सामग्री सहयोग गरेको छ । टर्कीमा गएको महाभूकम्पका कारण प्रभावित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप ५ सय थान पस्मिनाका वस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

नेपालमा २०७२ सालको विनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपद्‍मा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए ।

चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बर अफ कसर्सले यसअघि अफगानिस्तानमा पनि मानवीय सहायता अन्तर्गत आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?