+
+

फागुन १० मा सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १९:२८

१ फागुन, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युँतने दाबी गरेका छन् ।

सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा रहेको भन्दै राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए ।

‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युतिन्छ’, महामन्त्री थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ ।’

थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?