+
+

ऋणको पासोमा शान्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते २२:३१

१ फागुन, जनकपुरधाम । सप्तरीमा ऋण तिर्न नसकेर एक महिलाले आत्महत्या गरेकी छन् । कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका ५८ वर्षीया शान्ताकुमारी भुजेल आत्महत्या गरेकी हुन् ।

उनी आइतबार बिहान घर नजिकै आँपको बगैँचाको एक रुखमा गम्छाले पासो लागेको अवस्थामा मृत भेटिएकी सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी नरेश सिंहले जानकारी दिए । उनका .अनुसार शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको छ धे के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

कञ्चनरुप नगरपालिकाकी उपमेयर मुनाकुमारी पोखरेलले भने घटनास्थलमा जाँदा स्थानीयहरुले ऋणकै कारण तनाबले आत्महत्या गरेको बताएको जानकारी दिइन् ।

उनका अनुसार शान्ताका श्रीमान् भीमबहादुर केहीदिन अघि भेट्न आएका थिए । दुई वर्ष अघिसम्म भुजेल परिवार, पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । त्यसैले भीमबहादुर त्यही बसे । बिहानपख साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको सुनाएको उपमेयर पोखरेलले बताइन् ।

‘अस्ति उहाँको श्रीमान् भीमबहादुर मेरो घरमै आएर बस्नुभयो । ऋण तिर्न साहु महाजनले दबाब दिइरहेको छ । श्रीमती धरमपुरतिर गइँछन् भनेर सुनाउँदै हुनुहुन्थ्यो’, उपमेयर पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘मैले ऋणको कारण भागेर हुँदैन, थोरै छ भने मै तिरिदिउँला । कसैको ऋण छ भने तिर्छु भनेर सम्झाउँछु भनेको थिएँ।’

पोखरेलकै परिवारले भीमबहादुरको परिवारलाई १ कठ्ठा जग्गा घर बनाइदिएको थियो । भीमबहादुर दुई दाजु भाइछन् । छुट्टिएपछि दुई भाग परेर १०–१० धुर लिए ।

उपमेयर पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ । स्थानीका अनुसार उनी इन्फिनिटी लघुवित्तय संस्था लिमिटेडको महुली, स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा लामो समयदेखि आवद्ध रहेकी स्थानीयले बताएका छन् ।

असारमा लघुवित्तका कर्मचारीहरुले घरको सबै समान लागेपछि उनी निकै तनाबमा थिइन् ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरी बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् ।

भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?