+
+

बागमतीमा सवारी लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए हुने, के गर्दा काटिन्छ नम्बर ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १४:५४
फाइल तस्वीर

२ फागुन, काठमाडौं । बागमती प्रदेशमा पनि अब अंकभारमा आधारित सवारी चालक अनुमतिपत्र लाइसेन्स परीक्षा प्रणाली सुरु भएको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच बाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अंकभारमा आधारित परीक्षा प्रणालीको सुरुवात गरेका हुन् ।

१९ चैत २०७७ मा यातायात व्यवस्था विभागले १ जेठ २०७८बाट लागु हुने गरी अंकभारमा आधारित लाइसेन्स परीक्षा प्रणाली सम्बन्धी निर्देशिका जारी गरेको थियो । अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन ।

पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने अवस्था थियो । तर नयाँ निर्देशिकाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यान र ठूला सवारीको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ ।

ट्रायलमा भने ७० अंक ल्याउनुपर्नेछ ।

यसअनुसार हुनेछ, सवारीको ट्रायलको अंक गणना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?