+
+
Shares

लाइसेन्स सम्बन्धी सबै काम अब अनलाइनबाट

लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ ।
  • सेवाग्राहीले अब लाइसेन्स आवेदन, नवीकरण र राजस्व भुक्तानीका लागि कार्यालयमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ ।
  • निर्देशक केशव खतिवडाले स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ ।

लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ ।

अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।

लाइसेन्सका सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज, छिटो, पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।

विभागका निर्देशक केशव खतिवडाका अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरण स्वत: भर्न सक्नेछन् ।

शुरुआती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा सेवाग्राहीको हकमा साबिककै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् नै राखिएको निर्देशक खतिवडाले बताए ।

पूर्णरुपमा अनलाइनमार्फत् काम हुने व्यवस्थाले सेवाग्राहीलाई फारम भर्न र राजस्व तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?