+
+

नेपालबाट बैंककमा चरेस तस्करी गर्ने प्रयास, समातिए ६ थाई नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १७:४४

२ फागुन, काठमाडौं । प्रहरीले साढे २३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए ।

उनका अनुसार २८ माघमा विमानस्थलमा गरिएको चेकजाँचका क्रममा याओवालुक ज्याब्श्री, परिचार्ट पम्क्रुक, नाटापोल ट्रचाइया र नान्ट्री ट्रचाइया पक्राउ परेका थिए । उनीहरुको लगेज चेकजाँचका क्रममा फल्स बटम बनाएर चरेस लुकाएको पाइएको खनालले बताए ।

प्रहरीका अनुसार उनीहरुले नेपालमा उत्पादन हुने चरेस बैंकक लान खोजेका थिए । चारै जनाविरुद्ध लागूऔषध ऐन अनुसारको कसूरमा अनुसन्धानमा लागि म्याद थप गरेर छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

यसरी बरामद चरेसको अवैध बजार मूल्य प्रतिकिलो ३५ हजार रुपैयाँ छ । त्यसअनुसार यसको मूल्य अन्दाजी ८ लाख ३३ हजार रुपैयाँ हुन आउँछ ।

यसैबीच, ब्यूरोले ठूलो परिणाममा नियन्त्रित लागूऔषध २० हजार ३ सय एम्पुल, नाइट्राभेट ट्याब्लेट १२ हजार ९५० र नगद ४ लाख १७ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको सूचनाको आधारमा २४ माघदेखि २७ माघसम्म चलाएको अपरेसनका क्रममा भारतको पटनामा खरिद गरेर ल्याइएको औषधिजन्य लागूऔषधसहित उनीहरु पक्राउ परेको एसएसपी खनालले बताए ।

पक्राउ पर्नेमा सोलुखुम्बुका लाक्पा शेर्पा, भारतीय नागयरिकता फैज अहमद, धुनषाका रिहासद भनने अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखती, छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?