+
+

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण महिला फुटबल आज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ९:३१

३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको महिला फुटबल टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

फिफा मैत्रीपूर्ण खेलको रुपमा रहेको खेल खेल चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

२०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।

दक्षिण एसियालमा भारत बलियो टोलीको रुपमा रहेको छ । तर पछिल्ला खेलहरुमा नेपालले भारतलाई हराएको छ ।

गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो ।

यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।

काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन्  ।

अनन्त रा ज थापाको प्रशिक्षणमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । साफ च्याम्पियनसिप खेलेको नेपाली टोद्यीमा चार खेलाडी परिवर्तन भएका छन् ।

चोटका कारण साफ गुमाएका पूर्व कप्तान रेनुका नगरकोटी यस पटक टिममा छन् । यस्तै सविता राना मगर, निर्मला विक र घिम कुमारी घिसिङले पनि टिममा पुनरागमन गरेका छन् ।

नेपालका मुख्य प्रशिक्षक अनन्त राज थपाले दुई मेत्रीपुर्ण खेलको अवसरका लागि भारतलाई धन्यवाद दिएका छन् । साथै यस खेलले नेपाललाई सहयोग पुग्ने उनले बताए ।

‘भारतविरुद्ध दुई खेल खेल्न पाउनु हाम्रो लागि धेरै फाइदा हुनेछ ।  हामीले भारतविरुद्ध केही समयअघि खेलेका थियौं । उनीहरु राम्रो टिम छन् । तर हामीले पनि त्यसका लागि राम्रो तयारी गरेका छौँ ।’

भारतीय टिमका मुख्य प्रशिक्षक थोमस डेनर्बीले फिफा मैत्रीपूर्ण खेलेल ओलम्पिक छनोटको तयारीलाई सहयोग गर्ने बताए ।

आगामी अप्रिलमा हुने ओलापिक छनोटमा नेपला समूह सी मा छ । यस समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यस्तै भारत कीर्गिस्तान र तुर्कमिनेस्तानसहित समूह जी मा छ ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?