+
+

बेथानचोकलाई काठमाडौं जोड्ने सडकको स्तरोन्नति सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:३२

३ फागुन, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुसेखोल्सा–चलाल गणेशस्थान सडकखण्डको स्तरोन्नति सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना लगायत जनप्रतिनिधिहरुले स्तरोन्नति कार्यको उदघाटन गरेका हुन् । गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । सडक स्तरोन्नतीपछि गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामग्रीहरुलाई सहज र छिटो रुपमा निर्यात गरेर ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीको भनाइ छ ।

चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ३.५ किलोमिटर सडकखण्डको स्तरोन्नतीको सुरुवात बुधबार गरिएको हो ।

गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाका अनुसार आगामी जेठ २५ भित्र सम्पन्न गर्ने गरी जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ । ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरुमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनले बताए । त्यस्तै, खोलाकिनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ ।

गत वैशाखमा निर्वाचित भएसँगै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले यस सडकलाई प्रदेश राजधानी हेटौँडासम्म बिस्तार गर्ने योजना तयार गरेका थिए ।

गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ । त्यस्तै, दुर्लुङखोलादेखि च्याम्राङवेसीसम्म सुरूङमार्ग बनाउने तथा ग्रामिण सडकहरुलाई स्तरोन्नति गर्ने गाउँपालिकाको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?