+
+

न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १४:२४
Photo Credit : AFP

काठमाडौं । न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चार जनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ ।

उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । जलमग्न घरका छतबाट उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । चक्रवात क्रमशः कमजोर भएको छ ।  त्यसबाट करिब दश हजार पाँच सय मानिस विस्थापित भएका छन् ।

शक्तिशाली आँधी, मुसलधारे वर्षासँगैको बाढीपहिराले सडक, पुल बगाएको छ भने चौपाया मरेका छन् । खेतखलियान र आवासीय भवनहरू जलमग्न भएका छन् । सरकारले क्षतिको मूल्याङ्कन थालेको जनाएको छ । केही स्थानमा मानिस घरको छतमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।

चक्रवात प्रभावित अधिकांश स्थानमा वर्षा रोकिए पनि विद्युत् सेवा अवरुद्ध भएको छ । डुबानमा परेका घरबाट पानीको सतह घटिसकेको छैन । रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार करिब १५ लाख न्युजिल्याण्डका जनता चक्रवातबाट प्रभावित भएका छन् भने नौ हजारभन्दा बढी विस्थापित भएका छन् ।

अस्थायी आवासको व्यवस्था मिलाउन युद्धस्तरमा सुरक्षाकर्मी परिचालन भएका छन् । हालसम्म तीन हजार अस्थायी आश्रयस्थल निर्माण गरिएको छ ।

चक्रवात प्रभावित ८० हजार घरमा पुनःविद्युत् आपूर्तिको व्यवस्था गरिएको भए पनि अझै एक लाख ४० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । अति प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न र पिउने पानी सञ्चय गर्न अनुरोध गरिएको छ ।

रक्षा मन्त्रालयका अनुसार सात सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । चार वटा विमान, सात वटा हेलिकप्ट र दुई वटा जलसेनाका जहाज बाढी पीडितका निम्ति अत्यावश्यक सामग्री आपूर्तिका साथै उद्धारमा परिचालन भएका छन् ।

देशमा आपत्काल घोषणा गरेर सरकारले विपद् व्यवस्थापन निकायलाई सक्रिय पारेको छ । अर्को सूचना जारी नभएसम्म आफ्ना घरमा नफर्कन मौसम विज्ञान विभागले सुझाएको छ । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?