+
+

कुटपिटको आरोपमा कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १७:११

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ ।

हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?