+
+

नेता र कलाकारले खेले फुटबल (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन ३ गते १८:०९

३ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् ।

आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो ।

उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायत मैदानमा उत्रिएका थिए ।

कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धिरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतले खेलेका थिए । युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।

नेता र कलाकारबीचको फुटबलका तस्वीरहरू : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?