+
+

आगलागीमा परी कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते ७:०६

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला आगलागीमा परी घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति आगलागीमा भएको थियो ।

राति खाना खाइवरी सुतेको बेला विस्फोटको आवाज आएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्याँस सिलिण्डर विष्फोट भएर उनीहरु घाइते भएको सामाजिक सन्जालमा लेखेका छन् ।

सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सन्जालमा लेखेका छन् ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?