+
+

अखिलको मतदान हुन ढिलाइ, विद्युतीय मेसिनको प्रयोग गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १०:१८

४ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन केही ढिला हुने भएको छ ।

बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि मतदान हुन सकेको छैन ।मतदाताहरू समयमै उपस्थित नभएपछि मतदान केही समय पछि सारिएको हो ।

यही फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो ।

अखिलको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी  लामिछानेसँगै निवर्तमान महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

यस पटकको अखिलको मतदानमा विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ ।

निर्वाचन समिति प्रमुख कुमार खकुरेलका अनुसार मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने छ । १२-१ बजेसम्म मतदान सुरु गर्न सकेमा राति ९-१० बजेतिर नतिजा आउने छ ।

अनेरास्ववियुका ८२ वटा क्लस्टरमा उम्मेदवारी परेको छ । उम्मेदवारहरुको नामावली फाइनल गर्ने र त्यसलाई विद्युतीय मेसिनमा इन्ट्री गर्ने कुरा अलि झन्झटिलो भएकाले निर्वाचन सुरु गर्न ढिलो भएको छ ।

अहिले उम्मेदवारहरुको नामावली इन्ट्री गर्ने काम भइरहेको छ । एक जनालाई मतदान गर्न करिब १० मिनेट लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?