+
+

दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:२७

४ फागुन, दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको  छ ।

घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?