+
+

पशुपतिनाथमा बाबाहरुको रमझम (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन ४ गते १५:३५

४ फागुन, काठमाडौं । महाशिवरात्रि मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।

भारतलगायत देशका विभिन्‍न भागबाट महाशिवरात्रि मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।

उनीहरु हातमा त्रिशूल, गलामा मालासहित पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।

यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् थप तस्वीरहरु : 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?