+
+

कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १७:५३

४ फागुन, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।

उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

गोंगबुबाट पक्राउ परेका सिंहलाई गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२)बमोजिमको कसूरमा कानुनी कारबाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप

अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?