+
+

व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ७:०६

५ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यातायात मजदुरहरुको प्रदर्शनको क्रममा काठमाडौंको बालाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न मागसमेत गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको उल्लेख छ ।

व्यवसायमा लुटपाट, तोडफोड जस्ता घटनाले आतंक सिर्जना गरेको भन्दै चेम्बरले औद्योगिक एवं व्यवसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने माग गरेको छ । व्यवसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ ।

चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?