+
+

ग्लोबल आईएमई बैंकद्वारा छात्रवृत्ति अक्षय कोष स्थापना गर्न नेपाल प्रहरीलाई २५ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:२८

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न उक्त रकम सहयोग गरेको जनाएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच छात्रवृत्ति अक्षय कोष स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आईएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?