+
+

प्रज्ञाको शपथमा पुरानो संविधान उल्लेख भएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते २०:३८

५ फागुन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुको शपथमा पुरानो संविधान उल्लेख गरी शपथ पत्रमा हस्ताक्षर गराएपछि त्यसलाई सच्याइएको छ ।

पदाधिकारीहरुलाई वितरण गरिएको शपथको व्यहोरामा ‘नेपालको अन्तरिम संविधान, २०६३ प्रति बफादार भई काम गर्नेछु’ भन्ने व्यहोरा उल्लेख थियो ।

प्राज्ञ सभा सदस्य डा. बाबुराम ढकाल (विप्लब)ले शपथ कार्यक्रममा भूलबशः पुरानो स्वरुपको व्यहोरा बाँडिएको र त्यसमै हस्ताक्षर हुन पुगेको स्वीकार गरे ।

‘हामीलाई थाह भएन, बाँडेको देखियो, पछि कसोकसो हेर्दा पुरानो संविधानप्रति बफादार भई काम गर्नेछु भन्ने व्यहोरा भएछ’ उनले भने, ‘देख्नेबित्तिकै हामीले के कसो हो भनेर सोधखोज गर्‍यौं, होहल्ला भयो । तत्काल नयाँ संविधान अनुसारको व्यहोरामा शपथमा हस्ताक्षर गरेर पेश भएको छ । त्यतिबेलै थाह भएकाले त्यो त्रुटी लामो समय रहन पाएन ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छालीले प्राज्ञ र प्राज्ञ सभा सदस्यल‍ाई गराएको शपथमा त्रुटि भएको हो ।

कुलपतिहरुले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शपथ लिएका थिए ।

३ असोज २०७२ मा नेपालको संविधान जारी भएपछि प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरुले त्यसै अनुसार शपथ गर्नुपर्छ । तर कर्मचारीहरुको त्रुटीले पुरानै व्यवस्थाको शपथको व्यहोरा प्रिन्ट गरेर हस्ताक्षर गराइएको थियो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले अस्थित्वमा नरहेको संविधान अनुसार शपथ गरेको भए मान्य नहुने र फेरि दोहो¥याएर शपथ गर्नुपर्ने नजीर रहेको बताए ।

उनका अनुसार नेपाली भाषामा शपथ गर्नुको साटो हिन्दीमा शपथ गरेकाले तत्कालीन उपराष्ट्रपति परमानन्द झाको शपथ र नियुिक्त सर्वोच्च अदालतले बदर गरेको थियो । सर्वोच्चको आदेशपछि उनले दोहोर्‍याएर शपथ गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?