+
+

‘कर्णालीमा भोक होइन, खाने संस्कृतिको अभाव छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १५:०७

६ फागुन, सुर्खेत । रोक, भोक र पछौटेपनसँग जोडिदै आइएको कर्णाली प्रदेशमा खाद्य अभाव हुनुमा खाद्यान्न भन्दा पनि संस्कारले मुख्य भूमिका खेलेको विज्ञहरुले बताएका छन् ।

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रगरमा जारी कर्णाली उत्सको दोस्रो दिन शनिबार भोक र भोजन शत्रमा बोल्ने वक्ताहरुले भोकसंग जोडेर कर्णालीमाथि बनाइएको भाष्य नै परिवर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले खाद्य संस्कार नै परिवर्तन गर्नुपर्ने बताए । ‘भोक मार्न भोजन खाएरमात्रै हुँदैन । भोजनले मान्छेलाई पार्ने प्रभावको बारेमा सोच्नुपर्ने हुन्छ’, मन्त्री शर्माले भने, ‘धानको बाला नफल्ने ठाउँ पनि उन्नत देश छ भने हामी कर्णालीका मान्छे कसरी गरिब भयौं त ?’

उनले खाद्य सुरक्षासम्बन्धी नियमावली बनिरहेको र नियमावली बनेपछि कर्णालीमा अझ सजिलो हुने बताए । मन्त्री शर्माले राजनीति, संस्कार, संस्कृति र खाने तरिका अन्तरसम्बन्धित रहेको धारणा राखे ।

खाद्य सुरक्षाविद् डा. यमुना घलेले संविधानले नै खाद्य अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लागू हुन नसकेको बताइन् । कर्णालीका विकट जिल्लाहरुमा पैसा भएर पनि किनेर खान नपाउने अबस्था रहेको बताउँदै घलेले भोजनमा कसैले विभेद गर्छ भने त्यो पनि मानवीयता र सामाजिक न्यायकाविरुद्ध हुने बताइन् ।

‘कर्णालीमा भोकका कारण विकासको राजनीतिकरण गरिएको छ’, घलेले भनिन्, ‘हाम्रो घरभित्रको बच्चा ख्याउटे हुनु, किशोरी गर्भवती हुनु र महिला रक्तअल्पता हुनु भनेको के कर्नालीमा खाद्य सुरक्षा भएको हो ? खाने संस्कृतिमा पनि अभाव छ । कोदो समस्या हैन सोच समस्या हो ।’

परिकारयात्री केदार शर्माले मानव जातिको विकास भएपछि मान्छेलाई भोकले नै संसार घुमाएको बताउँदै भोकलाई आदि सत्ताका रुपमा व्याख्या गरे । ‘मानवजातिको विकास भएपछि संसार घुमाएको भोकले हो ।

‘मेरो पुर्खालाई जुम्लाबाट इलाम पुर्‍ याएको पनि भोकले हो’, शर्माले भने, ‘खाने कुरालाई भोकका रुपमा मात्रै सीमित ग¥यौं भने आधारभूत हुन्छ । खाने कुरालाई उत्सवका रुपमा लिनुपर्छ ।’

शर्माले आफूले हालसालै कर्णाली घुमेको बताउँदै भने, ‘कर्नाली घुमेपछि के लाग्यो भने यो हिम्मतबहादुर र सहनशीलाहरुको भूमि हो यो बाली र बनबालीहरुको भूमि हो । यो परिकारहरुको भूमि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?