+
+

१९७४ एडी ब्याण्डका सदस्यहरु चढेको गाडी झापामा दुर्घटना

सबैजना सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १९:२०

काठमाडौं । चर्चित नेपाली ब्याण्ड १९७४ एडीका सदस्यहरु सवार गाडी शनिबार झापामा दुर्घटना भएको छ ।

ब्याण्ड व्यवस्थापक अनुज कार्कीले दुर्घटनामा सबै सदस्यहरु सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएका छन् । ‘हामी सुुरक्षित छौं । सन्देश र सद्भावका लागि धन्यवाद । हामी सकुशल काठमाडौं फर्किएका छौं’ फेसबुकमा उनले लेखेका छन् ।

झापाको चन्द्रगढीमा गाडी दुर्घटनामा परेको हो । साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको जनाए ।

ब्याण्डले बुधबार राती झापामा लाइभ प्रस्तुति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?