+
+

पिच र प्रशिक्षक जितको मुख्य कारण : ज्ञानेन्द्र मल्ल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते २०:०५

६ फागुन, काठमाडौं । नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ३ विकेटको जित दिलाएपछि नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको प्रतिक्रिया दिएका छन् ।

शनिबार नामिवियाबिरुद्ध ज्ञानेन्द्र र आशिफ शेखले कीर्तिमानी १३९ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । पूर्वकप्तान मल्लले नयाँ प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन गर्न सकेको बताए । शनिबार आशिफले ८१ र ज्ञानेन्द्रले ६५ रन जोडेका थिए ।

ज्ञानेन्द्रले विगतभन्दा खेलाडीहरूमा परिपक्वता बढेको पनि बताए । पहिलो खेलमा नामिबियालाई हराएपछि त्यसपछिका खेलमा पनि सुखद् नतिजा निकाल्न सहयोग मिलेको उनको भनाइ छ । लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताए ।

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो लक्ष्य पूरा गर्न सकिरहेको बताए । अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नचले पनि शनिबारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए । नेपालले लागातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भुमिका निकै राम्रो रहेको आशिफले पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?