+

चामल चटक्कै छाड्दा के हुन्छ ?

२०७९ फागुन  ८ गते १३:२६ २०७९ फागुन ८ गते १३:२६
चामल चटक्कै छाड्दा के हुन्छ ?

मोटोपन, मधुमेहजस्ता समस्याका कारण अहिले कतिपयले चामलको विकल्पको रूपमा अरू नै खानेकुरा रोज्ने गरेका छन् । तर पनि हाम्रो मुख्य खान्की चामल नै हो, जुन पुस्तौंदेखि हाम्रो भान्सामा पाक्दै आएको छ । यद्यपि अहिले चामल खान छाड्नेको संख्या पनि बढ्दो छ ।

चामल तथा चामलको भातमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । जसले शरीरमा ऊर्जा प्राप्त हुन्छ । चामलको साटो अन्य अन्नको सेवन गरियो भने त शरीरमा नकारात्मक असर गर्दैन । तर कुनै पनि प्रकारको अन्न सेवन नगरेर चामल पनि चटक्कै छोड्दा शरीरमा ऊर्जा प्राप्त नहुन सक्छ ।

जसले शरीरले आफ्नो काम राम्ररी नगर्न सक्छ । मधुमेह भएका व्यक्तिले चामल खानै हुन्न भनेर चटक्कै छोड्दा उनीहरू कमजोर र पातलो हुने समस्या देखिन सक्छ ।

चामलमा के पाइन्छ ?

अन्न समूहमा पर्ने चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ । साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्त्व पाइन्छ । पोलिस गरेको चामलमा भने यी पोषक तत्त्व नपाइन सक्छ ।

चामलबाहेक कार्बोहाइड्रेटको वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी पनि हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइन्छ ।

चामको विकल्पमा अन्य अन्न मकै, गहुँ, कोदो, फापर अन्न खान सकिन्छ । तर चामलको विकल्पमा बोक्रा फालिएको अन्न रोज्नु भने उत्तम विकल्प होइन ।

चामल छाड्नु कति उचित ?

मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्त्व कार्बोहाइड्रेट चामलमा पाइन्छ । चामल कार्बोहाइड्रेटको मुख्य स्रोतलाई चटक्कै छोड्दा हाम्रो शरीर र मस्तिष्कले राम्ररी काम गर्न सक्दैन । त्यसैले यसलाई छोड्नु उचित हुँदैन ।

चामल खान छोडेर शरीरमा कार्बोहाइड्रेट कम भयो भने शरीरको ‘मेटाबोलिक’ खाना पचाउने प्रक्रिया नै बिग्रिन्छ । जसले शरीरमा अन्य रोग निम्तिने सम्भावना हुन्छ । शरीरमा कार्बोहाइड्रेट कमी भयो भने शरीरमा ऊर्जा कम भएर कमजोर महसुस हुने,  ‘हाइपोग्लाइसेमिया’ सुगर लेबल स्वाट्टै घटेर बेहोस हुनेजस्ता प्रतिक्रिया देखिन्छ ।

चामल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग