+
+
स्पट फिक्सिङ :

सेभेन थ्री स्पोर्टसका सञ्चालक र म्याक्कार्थीविरुद्ध किन भएन मुद्दा दर्ता ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:३७

८ फागुन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा ५ जनाविरुद्ध स्पट फिक्सिङ गरेको अभियोग दर्ता भएको छ ।

तर, यसमा मुख्य योजनाकार मानिएका सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया प्रतिवादी छैनन् ।

खेल सञ्चालनको जिम्मेवारी पाएको नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन मात्र होइन, कम्पनीका अभिषेक सक्लानीको पनि यसमा संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका थिए ।

सीआईबीका अधिकृतहरुका अनुसार अलुवालियाले फिक्सिङमार्फत आर्जन गर्ने गरी क्यानको रणनीतिक साझेदार बनेका थिए । तर, उनीहरुसहित स्पट फिक्सिङमा संलग्न देखिएका भारतीय नागरिक समिर शेख, वीरेन्द्र शाह, विकास ध्यानी, राहुल शर्मा र एन्ड्री म्याक्यार्थी मुद्दामा प्रतिवादी बनाइएका छैनन् ।

यद्यपि, उनीहरुको नाम अभियोग पत्रमा समावेश गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपाने भन्छन्, ‘नेपालभित्र पक्राउ परे वा उनीहरुको यकिन नाम, थर र वत खुलेका बेला फेरि अभियोग पत्र पेश गर्ने गरी नाम मात्रै उल्लेख गरेका छौं ।’

बाँकी ५ जनाविरुद्ध खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ ।

यस अनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?