+
+

दक्षिणा दिएर पशुपतिमा आएका साधुसन्तको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १५:४०
फाइल तस्वीर

८ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।

सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २०० रुपैयाँदेखि  बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिंड्नेलाई २०० देखि सुरू गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको बताए ।

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरे पनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मानस्वरुप दक्षिणा दिएर पठाएको बताए ।

उनले साधुहरुलाई दक्षिणा उनीहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैं समान व्यवहार गर्नुपर्ने बताए ।

शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिणा दिई आज बिदाइ गरिएको बताए।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?