
९ फागुन, सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले रास्ट्रपति पदमा आफैं उम्मेदवार उठाउने भन्दै सम्भावित नाम दिएका छन् ।
उनले रास्ट्रपति पद मागेर नभई खोसेर लिने भन्दै काङ्ग्रेस त्यसका लागि सक्षम भएको दाबी पनि गरे।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् ।
सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा समेत राष्ट्रपतिको उम्मेदवार हुनसक्ने बताए। राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4