+
+

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते २०:४४

काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोको टिमबारे जानकारी दिइयो ।

यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनेछिन् ।

की-इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ । प्रत्येक साता विहिबार राती ९ बजे जितु नेपाल, प्रियंकासहित अन्य कलाकारले दर्शकलाई मनोरञ्जन दिने भएका छन् ।

दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटासहितका कलाकार कार्यक्रममा प्रस्तुत हुने भएका छन् । कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन् ।

प्रेसमिटमा उपस्थित निर्देशक डीसीले नयाँ मिडिया र आधुनिक दर्शकलाई समेत लक्षित गरि कार्यक्रम बनाउन लागिएको बताए ।

अभिनेत्री कार्कीले आफू पहिलेदेखि नै यो शोको फ्यान रहेको बताउँदै नयाँ स्टुडेन्ट भर्ती भएर आएजस्तो महसुस भएको बताइन् । जितुले चाहिँ कलाकार र कार्यक्रमबारे चिनापर्ची गराए ।

सबै उमेर समूहका दर्शकलाई लक्षित गरि पारिवारिक शो बनाउन लागिएको जानकारी उनले दिए । ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।

यो शोपछि नेपाल र डीसीले फिचर फिल्ममा सहकार्य गर्नेछन् । जितुको अभिनय रहने आगामी फिल्मलाई डीसीले निर्देशन गर्ने तयारी छ जसको छायांकन जेठदेखि सुरु हुँदैछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?